गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

 चैत १८, २०८१ सोमबार १३:१६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा राहुलको शव भेटिएको थियो ।

पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल र ४५ वर्षीय उत्तम मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, १८ वर्षकै करनकुमार महतो र २३ वर्षीय जोधन मण्डल तथा भारतको बिहार घर भएका २९ वर्षीय सुनिल शर्मा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । निपु र जोधन गोकर्णेश्वर तथा सुनिल दक्षिणढोका बस्दै आएका थिए ।

उनीहरूले लेनदेनको विषयमा राहुलको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र यस विषयमा अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया