कुलमानकाे बर्खास्तीबारे प्रधानमन्त्री– ‘राष्ट्रसेवक कर्मचारीकाे गुणदाेष टिप्पणी गर्ने स्थल सदन हाेइन’

 चैत १८, २०८१ सोमबार १५:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीकाे गुणदाेष टिप्पणी गर्ने स्थल सदन नभएकाे बताउनुभएकाे छ ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा कुलमान घिसिङको बर्खास्ती प्रकरणबारे बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थल सदन नभएको बताउनुभएकाे हाे । सामान्यतः विभागीय मन्त्रीले कर्मचारी सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम गर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले घिसिङको विषय अदालत प्रवेश गरिसकेको भन्दै थप टिप्पणी नगर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया