बेपत्ता युवती १३ दिनपछि मृत फेला

 मंसिर २२, २०७५ शनिबार ११:१६:३६ | रासस

पर्वत – पर्वतको बिहादी गाउँपालिका –३, रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मंसिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो । 

उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको बिहादी–३, का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ । 

मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । 

पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठले बाबुसँंग पैसा मागेकीमा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिइन् । त्यही झोँकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ को विद्यार्थी हुन् ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया