तराई–मधेशमा सतुवाइन पर्व मनाइँदै
बैशाख १, २०८२ सोमबार
काठमाण्डौ – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मुगु जिल्लाका दुई वटा पालिकाबाहेक अरू सबै पालिकाका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको छ । केन्द्रले एक करोड ७० लाख ५० हजार ९०० थान पाठ्यपुस्तक छापेको थियो ।
कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका वितरण केन्द्रहरू वा सम्बन्धित पालिकाको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न जनक शिक्षाले अनुरोध गरेको छ । देशभर रहेका सूचीकृत बिक्रेताहरूले नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै सबै विद्यालयमा छिटो छरितो पाठ्यपुस्तक पुग्ने वातावरण बनाउन समेत केन्द्रको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।