गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह शहरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले दुई दिन लगातार आक्रमण गर्दा ५६ जना सर्वसाधारणको ज्यान गएको स्थानीय स्वयंसेवी समूहले जानकारी दिएको छ ।
स्थानीय समितिका अनुसार आक्रमण जातीय पहिचानका आधारमा गरिएको थियो र मृतकमध्ये धेरैजसो एउटै समुदायका थिए । उम्म कदादाह शहर डारफुर क्षेत्रको अन्तिम ठूलो शहर इल–फाशरतर्फ जाने मार्गमा पर्छ, जुन अहिले पनि सुडानी सेनाको नियन्त्रणमा रहेको शहर हो ।
स्थानीय प्रतिरोध समितिका अनुसार आक्रमण जातीय पहिचानका आधारमा लक्षित गरिएको थियो । यो समिति युद्ध शुरू भएदेखि नै राहत र समन्वयका काममा सक्रिय रहेको छ । उम्म कदादाह इल–फाशरबाट झन्डै १८० किलोमिटर पूर्वमा रहेको छ । अर्धसैनिक समूहले शहरलाई कब्जा गरेको एक दिनपछि त्यहाँ आक्रमण भएको हो ।
समितिले आक्रमणका क्रममा सर्वसाधारणमाथि हिंसा, धेरैलाई शहरबाट जबरजस्ती विस्थापित र सम्पूर्ण सञ्चार सेवाहरू बन्द गरिएको जनाएको छ । समितिका अनुसार कम्तीमा १४ जना अझै हराइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।