१९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै

 वैशाख १, २०८२ सोमबार ८:१५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकपअन्तर्गत एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दैछ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरू हुने छ । एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा यूएईलाई पराजित गर्दै विजयी शुरूवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजे नै शुरू हुनेछ । प्रतियोगितामा अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले यूएईसँग खेल्ने तालिका रहेको छ ।

त्यसैगरी अप्रिल १७ मा ओमान र यूएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्नेछन् ।

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो ।

नेपालले गएको वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया