गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
काठमाण्डौ – नयाँ शैक्षिकसत्र २०८२ को विद्यालय भर्ना अभियान शुरू भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान शुरू भएको हो ।
विद्यार्थी भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उहाँले नेपालको झन्डै २० प्रतिशत जनसङ्ख्या अझै पनि निरपेक्ष गरिबीको रेखामुनि रहेको बताउँदै यस्तो अवस्थाको अन्त्यका लागि शिक्षा सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विद्यार्थी टिकाउ दरमा अझै सुधार आवश्यक रहेको बताउँदै सीपमूलक, व्यावसायिक तथा प्राविधिक शिक्षामा लगानी बढाउने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
यस्तै आन्दोलनरत शिक्षकहरूप्रति सङ्केत गर्दै प्रधानमन्त्री ओलीले न्यायपूर्ण मागहरूको सम्बोधनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक सन्देशमार्फत सबै बालबालिकाको शिक्षा सुनिश्चित गर्न सरकार, अभिभावक, शिक्षक र समग्र समाजको सक्रिय सहभागिता आवश्यक भएको बताउनुभएको छ ।
मन्त्री भट्टराईले विज्ञान र प्रविधिको विकाससँगै रैथाने ज्ञान र सीपको संरक्षण गर्दै भावी पुस्तालाई उत्तरदायी, विवेकी नागरिक बनाउन शिक्षाको भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
नयाँ शैक्षिकसत्र शुरू हुने समयमा लाखौं शिक्षक कर्मचारीहरू शिक्षा ऐन माग गर्दै काठमाण्डौमा आन्दोलित छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा सहभागी हुन शिक्षमन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।