भारतीय कमेडियन कपिल शर्माको विवाह आज

 मंसिर २६, २०७५ बुधबार १७:३५:१२ | एजेन्सी
unn.prixa.net

भारतका चर्चित कमेडियन कपिल शर्मा आज डिसेम्बर १२ मा विवाह गरिरहेका छन् । कपिल उनकी पे्रमिका गिन्नी चतरथका साथ भारतको पञ्जाबमा लगनगाँठो कस्दैछन् । 

विवाहका लागि कपिल शर्माका साथीहरु तथा हास्यकलाकार कृष्णा अभिषेक, सुमोना चक्रवर्ती, राजीव ठाकुर र गायिका ऋचा शर्मालगायत ‘द कपिल शर्मा शो’का सम्पूर्ण सदस्य पञ्जाब पुगेका छन । 

यसअघि दीपिका पादुकोण र रणवीर सिंह तथा प्रियंका चोपडा र निक जोनसकै शैलीमा कपिल र गिन्नीले पनि २ वटा परम्परा अनुसार विवाह गर्ने खबरहरु आइरहेका छन । बुधबार हिन्दू परम्पराअनुसार विवाह हुनेछ भने १३ डिसेम्बरमा शिख परम्परामा विवाह हुनेछ । 

आजको विवाह गिन्नीको घर जालन्धरमा हुनेछ । यसपश्चात भोलि कपिलको घर अमृतसरमा विवाह हुनेछ । 

विवाहपछि कपिल शर्माले आफ्नो घर अमृतसरमा डिसेम्बर १४ मा रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । यस रिसेप्सनमा कपिलका आफन्तजन र नजिकका साथीहरु सहभागी हुनेछन । यस्तै डिसेम्बर २४ मा मुम्बईमा  कपिलले भव्य रिसेप्शन राख्नेछन, जहाँ बलिउड स्टारहरु पनि  सहभागी हुनेछन् । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया