अंग्रेजीमा ‘इडियट’ खोज्दा किन देखिन्छ राष्ट्रपति ट्रम्पको तस्बिर ?

 मंसिर २७, २०७५ बिहीबार ७:५९:० | एजेन्सी
unn.prixa.net

अमेरिकामा पछिल्लो समय सर्च इन्जिन गूगलमा अंग्रेजीको ‘इडियट’ शब्द सबैभन्दा बढी खोजिएको छ । किनकी गूगलमा ‘इडियट’ खोज्दा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको तस्बिर भेटिन्छ । गूगल ट्रेन्डिङको अनुसार पछिल्लो समय अमेरिकामा सर्च इन्जिन गूगलमा धेरै खोजिएको शब्दमा ‘इडियट’ रहेकाे छ । 

यो खोजको बारेमा गूगलको मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइसँग सोधपुछ गरिएको छ । अमेरिकी कंग्रेसको न्यायिक समितिमा रिपब्लिकन सांसद लोफ्ग्रेनले   पिचाईलाई सर्च इन्जिन गूगलमा ‘इडियट’ खोज्दा किन राष्ट्रपति ट्रम्पको तस्बिर आउँछ भनेर सोधेका थिए ।

यसको उत्तर दिँदै पिचाइले भनेका छन् ‘गुगलमा कुनै शब्द खोज्दा यसले अर्बौँ वेबसाइटहरू ट्रयाक गर्छ । त्यो किवर्ड ती वेबसाइट अनुसार म्याच हुन्छ । जसमा प्रयोगकर्ताहरुको लोकप्रियताको आधारमा पनि किवर्ड म्याच हुने गर्छ । यही आधारमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो बसेको हो । 

गीतसँग जोडिएको ‘इडियट’ को तार 

‘इडियट’ शब्द र राष्ट्रपति ट्रम्पको तस्बिरको सम्बन्ध यहि वर्ष आएको हो । केही मानिसहरुले गएको जुलाईमा ट्रम्पको ब्रिटेन भ्रमणको क्रममा भएको विरोधलाई यस सम्बन्धसँग जोडेका थिए ।

त्यतिबेला त्यहाँका ब्रिटिस प्रदर्शनकारीहरुले अमेरिकन इडियट नामको एउटा गीत बनाएर रेकर्ड गराएका थिए । त्यो गीत ब्रिटेनको म्युजिक चार्टमा टप भएको थियो । 

त्यसपछि रेडिट वेबसाईटमा युजर्सले यस्तो आर्टिकल छापे जसमा ट्रम्पको छेउमा इडियट शब्द लेखिएको थियो । यो वेबसाइटको सर्च इन्जिन डेटाबेसलाई प्रभावित गर्न पनि खोजिएको थियो जसलाई ‘गूगल बंम्बिङ’ भनिन्छ । 

अमेरिकी कंग्रेसको न्यायिक समितिमा स्टीव नमका एक सांसदले पिचाइसँग उनकी नातिनीको आइफोन फरक तरिकाले चलिरहेकोबारे प्रश्न सोधेका थिए । उनको प्रश्नको उत्तरमा पिचाइले भनेका थिए ‘आईफोन गूगलले बनाएको होइन ।’ 

–बीबीसीकाे सहयाेगमा 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया