राजस्थानको मुख्यमन्त्री अशोक गहलोत, उप–मुख्यमन्त्री सचिन पायलट

 मंसिर २८, २०७५ शुक्रबार १७:७:३६ | एजेन्सी
unn.prixa.net

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजस्थानको मुख्यमन्त्री अशोक गहलोतलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन् । कांग्रेस नेता वेणुगोपालले अध्यक्ष गान्धीको निर्णय सुनाउँदै अशोक गहलोतलाई मुख्यमन्त्री र सचिन पायलटलाई उप–मुख्यमन्त्रीको जिम्मा दिइने बताए । 

राजस्थानको २०० विधानसभा सिटमध्ये १९९ सिटमा भएको चुनावको नतिजा डिसेम्बर ११ मै आए पनि मुख्यमन्त्री को बन्ने भने कुराले कांग्रेसमा विवाद थियो । 

कांग्रेस अध्यक्ष गान्धीले मध्य प्रदेश र राजस्थानमा कसलाई मुख्यमन्त्री बनाउँछन् भन्ने कुरा पनि निकै चासोका साथ हेरिएको थियो ।

राजस्थानमा १९९ सिटमध्ये कांग्रेसले ९९ सिटमा जित हात पारेको थियो । उसलाई सरकार बनाउन अन्य दलबाट एक जनाको समर्थन आवश्यक पर्छ । 

मध्य प्रदेशमा  वरिष्ठ नेता कमलनाथसँगै युवा नेता ज्योतिरादित्य सिंधिया मुख्यमन्त्रीका प्रबल दाबेदार थिए । तर गान्धीले मध्य प्रदेशको मुख्यमन्त्रीमा कमलनाथलाई मुख्यमन्त्रीको जिम्मा दिएका छन् । कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिनेछन् । 

आफ्नो राजनीतिक यात्रा सुरु भएयता ७२ वर्षीय कांग्रेस नेता कमलनाथ पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । उनी कांग्रेस पार्टीको तर्फबाट मध्य प्रदेशमा नौ पटकसम्म सांसद हुनु भएको थियो । 

यसअघि पनि उनले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको मन्त्रिमण्डलमा दुई पटकसम्म उद्योग र यातायात मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया