मन्दिरको प्रसाद खाँदा भारतमा ११ जनाको मृत्यु

 मंसिर २९, २०७५ शनिबार ७:४१:४४ | एजेन्सी
unn.prixa.net

भारतको कर्नाटक राज्यको चामराजनगर जिल्लामा शुक्रबार मन्दिरको प्रसाद खाँदा ११ जनाको ज्यान गएको छ । एक दर्जन बिरामीका अवस्था गम्भीर रहेको र करिब ७० जनालाई मैसुरको विभिन्न अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना सुलावडी गाउँको किच्चुकट्टी मारम्मा मन्दिरको हो । प्रसाद नखाएका मारिअप्पा नामका एक व्यक्तिले भने ‘ पूजा सकिएपछि प्रसादका रुपमा पुलाउ दिइएको थियो । पुलाउमा गन्ध आइरहेको थियो । जसले त्यो पुलाउ खाए त्यसपछि उनीहरुलाई पेट दुख्न थाल्यो र वाकवाकी सुरु भयो । 

मन्दिरको आसपासमा प्रसाद खाएका काग र अन्य पंक्षी पनि मृत फेला परेका छन् । 

मुख्यमन्त्री एचडी कुमारस्वामीले फूड प्वाइजनिंगको दुर्भाग्यपूर्ण घटना गाउँमा भएको बताएका छन् । विरामीको उपचारका लागि मंड्या र मैसूरका अधिकारीहरुलाई निर्देशन दिइएको उनले बताएका छन् ।

फोरेन्सिक ल्याब अधिकारीहरुले जाँचका लागि प्रसादको स्याम्पल लगेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा प्रसादमा कीटनाशक औषधि मिसाइएको आशंका गरिएको छ । 


 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया