इंग्लिस प्रिमियर लिग : एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

 मंसिर २९, २०७५ शनिबार २०:२३:४ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा एभर्टनमाथि ३–१ गोलको जित निकालेको सिटी ४४ अंकसहित शीर्ष स्थानमा उक्लँदा एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित दोस्रो स्थानमा छ । 

शनिबार भएको खेलमा सिटीको जितमा ग्याब्रियल जेससले २ तथा रहिम स्टर्लिङले १ गोल गरेका थिए । एर्भटनका डोमोनिक काल्भर्टले सान्त्वना गोल गरे । सिटीले घरेलु मैदानमा सुरुदेखि नै एभर्टनमाथि दबाब बनाएको थियो । 

२२ औँ मिनेटमा एभर्टनका डिफेन्डर क्यारी मेनले क्लियर गर्न नसकेको बलमा लोरियो सानेले पास दिएपछि ग्याब्रियल जेससले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । ४०औँ मिनेटमा सिटीका रियाद मेहरेजले गरेको प्रहार जोर्डन पिकफर्डले बचाएका थिए । पहिलो हाफमा १ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने १ गोल खाएको थियो ।

५०औँ मिनेटमा लोरियो सानेको पासमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २–० ले अगाडि बढेको थियो । ६५औँ मिनेटमा एभर्टनले १ गोल फर्काउन सफल भयो । जसमा डोमोनिक काल्भर्टले लुकासले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेपछि एभर्टनले अग्रता २–१ मा झारेको थियो । ६९ औँ मिनेटमा फर्नान्डो लुइज रोजाले क्रसलाई रहिम स्टर्लिङले गोलमा परिणत गर्दै सिटीको अग्रता ३–१ बनाए । 

जारी प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले आइतबार म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया