सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थी संगठनको आन्दोलन

मनोमानी तरिकाले कर्मचारी भर्ना गरेको अाराेप

 पुस १, २०७५ आइतबार १५:२६:१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयमा मनोमानी तरिकाले कर्मचारी भर्ना गरेको भन्दै विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका छन् ।

भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै चार विद्यार्थी संगठनले आइतबार विश्व्विद्यालयमा विरोध प्रदर्शन गरेका हुन् । चार विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै प्राध्यापक डा. भुपेन्द्र विष्टसहित तीन प्राध्यापकको पुत्ला दहन गरेका छन् ।

उनीहरुले नेपाल प्राध्यापक संघका अध्यक्ष कर्णदेव भट्ट र पूर्व माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष धनराज विष्टको समेत पुत्ला दहन गरेका हुन् । यसअघि प्राध्यापक विष्टको कार्यकक्षमा विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । विद्यार्थीले प्राध्यापकको कार्यकक्ष र बाहिर रहेका फर्निचर, पुस्तकालयमा समेत तोडफोड गरेका छन् ।

विद्यार्थी नेता ओम बस्नेतले अवैधानिक तरिकाले भागबण्डाका आधारमा आफ्ना नातेदार, श्रीमती भर्ना गरेकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो । यस्तै इन्टरगेटिभ फोरमले समेत कर्मचारी भर्नामा मनोमानी भएको भन्दै आइतबारबाट विश्वविद्यालय हाताभित्र धर्नाको कार्यक्रम समेत सुरु गरेको छ ।

विद्यार्थी संगठनको तोडफोड पछि क्याम्पसको पढाई प्रभावित भएको छ । विद्यार्थी संगठनहरुले करारमा भर्ना गरिएका कर्मचारीको नियुक्ति खारेज हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

विश्वविद्यालयले भने कुनै पनि कर्मचारीलाई अवैधानिक ढङगबाट नियुक्ती नगरेको दाबी गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया