भारतीय कांग्रेसका पूर्व सांसद सज्जन कुमारलाई १९८४ को दंगा मुद्दामा जन्मकैद

 पुष २, २०७५ सोमबार १३:१९:५६ | एजेन्सी
unn.prixa.net

दिल्ली उच्च अदालतले भारतीय कांग्रेसका पूर्व सांसद सज्जन कुमारलाई सन् १९८४ को सिख दंगा मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको छ ।

अदालतले सज्जन कुमारलाई डिसेम्बर ३१ सम्म आत्मसमपर्ण गर्न समय दिएको छ । 

दिल्लीको एक तल्लो अदालतले सज्जन कुमारलाई २०१३ अप्रिलमा पाँच जना सिखको हत्याका सबै मुद्दा खारेज गरेको थियो । त्यसपछि केन्द्रीय जाँच ब्यूरो(सीबीआई) ले यो फैसलाविरुद्ध दिल्ली उच्च अदालतमा अपिल गरेको थियो ।

यसका अलावा क्याप्टेन भागमल, पूर्व पार्षद बलवान यादव तथा गिरधारी लाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार न्यायाधीश एस मुरलीधर तथा विनोद गोयलले यो विषयमा २९ अक्टोबरमा सुनुवाइ सकेका थिए ।

के हो घटना ?

सन्  १९८४ अक्टोबर ३१ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै  सुरक्षाकर्मीले हत्या गरेका थिए । 

यो मुद्दा दिल्ली छावनी क्षेत्रमा पाँच जना सिख व्यक्तिको हत्यासँग पनि जोडिएको थियो । इन्दिरा गान्धीको हत्यापछि दिल्लीको राजनगर क्षेत्रमा केहर सिंह, गुरप्रीत सिंह, रघुविंदर सिंह, नरेन्द्र पाल तथा कुलदीप सिंहको हत्या भएको थियो । 

जगदीश कौर यो घटनाको प्रमुख उजुरीकर्ता तथा प्रत्यक्षदर्शी हुन् । दंगामा उनका श्रीमान केहर सिंह र छोरा गुरप्रीत सिंहको हत्या गरिएको थियो । सन् २००५ मा यो घटनाको सीबीआईले अनुसन्धान थाल्यो । दंगामा कांग्रेस सांसद सज्जन कुमारको प्रत्यक्ष संलग्नता रहेको सीबीआईले अदालतमा बयान दिएको थियो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया