नवजात शिशु हत्या गर्ने महिला पक्राउ

 पुष ४, २०७५ बुधबार १३:४४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – नवजात शिशुको हत्या गर्ने एक महिलालाई तनहुँ प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । तनहुँ भानु नगरपालिका वडा नम्बर ३ दोरदोर बस्ने वर्ष ३७ की लक्ष्मी गन्धर्वलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

पुस ३ गते दिउँसो साढे ४ बजे भानु नगरपालिका वडा नम्बर ३ दोरदोर चण्डीथोकमा झाडी भएको पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव फेला परेको थियो । 

घटनाको अनुसन्धान गर्ने क्रममा शंकाको आधारमा प्रहरीले नियन्त्रणमा लिएकी गन्धर्वले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।
 
महिलाको श्रीमान गएको ४ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको र परपुरुषसँगको सम्पर्कबाट बच्चा रहेकोले शिशुको जन्म भए लगत्तै हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया