ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
पुस ८, २०८१ सोमबार
दाङ – चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दाङको देउखुरीमा एक किशोर पक्राउ परेका छन् ।
लमही नगरपालिका वडा नम्बर ८ निवासी १८ वर्षका ती किशोरले मोबाइलमा गीत देखाउने बाहानामा बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमही दाङका प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभएको छ ।
ती किशोरविरुद्ध अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
नयाँ कानुनले १८ वर्ष मुनिका व्यक्तिलाई नाबालिग भनेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।