लाखौँ पैसा हङकङको सडकमा उडाएपछि...

 पुस ४, २०७५ बुधबार २०:४६:३३ | एजेन्सी
unn.prixa.net

हङकङको एउटा भवनको सबैभन्दा माथिल्लो तलामा चढेर एक व्यक्तिले लाखौँ मूल्य बराबरको नोट सडकमा फालेका छन् ।

गएको आइतबार वोङ चिंग किट नाम गरेका एक युवकले भवनबाट नोटको वर्षा गराएपछि सडकमा एकछिन हंगामा नै मच्चिएको थियो । पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार वोङ (क्रिप्टोकरेन्सी) बिटक्वाइनमार्फत करोडपति बनेका थिए । गिरफ्तार हुनुभन्दा पहिलेसम्म उनले दुई लाख हङकङ डलर(झण्डै २८ लाख नेपाली रुपैयाँ) बराबरका नोट उडाइसकेका थिए । 

उनले आफ्नो गिरफ्तारीको पनि फेसबुकमा लाइभ गरेका थिए । उनले आफूले गरिब नागरिकको सहयोग गर्नलाई पैसा उडाएको बताएका थिए । 

बैंकबाट पैसा निकाल्ने क्रममा काउण्टरमै आराम गर्दै वाेङतर केही सञ्चार माध्यमका समाचारलाई मान्ने हो भने यसको अर्को कारण रहेको छ । वोङ गुप्त(क्रिप्टो) व्यापारमा एक ‘प्रतिष्ठित’ धोकेबाज मानिन्छन् । उनले एउटा प्रोजेक्ट अन्तर्गत नै ‘पब्लिसिटी स्टन्ट’ का लागि पैसा उडाएको सञ्चार माध्यमहरुले जनाएका छन् । 

जे भए पनि उनले भवनको माथिल्लो तलाबाट पैसा उडाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जसमा उनले पैसा उडाइरहेका छन् भने सडकमा हिँडिरहेकाले पैसा टिपिरहेका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया