अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – नेपाल सरकारका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो प्रतिवद्धताबाट सरकार एक इञ्च पनि तलमाथि नहुने बताउनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माविको स्वर्ण जयन्ती समापन वर्षको मूल समारोहलाई सम्बोधन गर्दै उप–प्रधानमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।
उप–प्रधानमन्त्री पोखरेलले चुनावका बेला जनताको बीचमा गरिएका, घोषणा पत्रमा उल्लेख गरिएका र सरकार बनीसकेपछि व्यक्त गरिएका प्रतिवद्धता पूरा गर्न केन्द्रीय सरकार लागि परेको समेत उल्लेख गर्नुभएको छ ।
‘मुलुकमा आरामको बहुमत मात्र होइन, झण्डै दुई तिहाई बहुमतको सरकार छ । बहुमतको समर्थनमा केन्द्रीय सरकार चलेको छ । हिजो चुनावका बेला हामीले जनतामाझ गरेका, घोषणपत्रमा बोलेका र सरकार बनिसकेपछि नीति तथा कार्यक्रममार्फत व्यक्त गरिएका सबै प्रतिवद्धता पूरा गर्नबाट हामी एक इञ्च पनि तलमाथि हुँदैनौँ । गरिएका प्रतिवद्धता सरकारले पूरा गरेरै छाड्छ । यो हाम्रो संकल्प हो । अठोट हो’, उहाँले अघि थप्नुभयो ।
उहाँले प्रतिपक्षी दललाई लक्षित गर्दै चुनावको हारको पीडालाई अधिनायकवादको छायाँ देखेको आरोपसमेत लगाउनुभयो । ‘बहुमतको सरकार भए पनि अधिनायकवाद कदापि स्वीकार्य हुँदैन’, उहाँले भन्नुभयो ।
देशमा प्राविधिक र व्यावसायिक शिक्षाका लागि राज्यले ७० प्रतिशत र सामान्य शिक्षाका लागि ३० प्रतिशत खर्च गर्ने बताउनुभएको छ ।
‘स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकाले अव शिक्षामा यस हिसाबले लगानी गर्नेछन् । यसो गर्नुको एउटै अर्थ देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउनु हो’, उहाँले भन्नुभयो ।
उप–प्रधानमन्त्री पोखरेलले पुरानो शिक्षा नीतिलाई परिमार्जन गरी आत्मनिर्भरता, रोजगारी, स्वरोजगार, उद्यमशीलता, प्राविधिक ज्ञान र सीप उन्मुख हुने धारणासमेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कीर्तिनाथ सापकोटाको अध्यक्षतामा भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्यक श्रोत–साधन, जनशक्ति पर्याप्त रुपमा व्यवस्थापन नभैसकेकोले आफूहरुले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारीलगायतले पनि बोल्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।