काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै पूजाकोठामै घुस लिँदै गर्दा वन अधिकृत अख्तियारको फन्दामा

 पुस ५, २०७५ बिहिबार १८:५१:२९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीका सहायक जिल्ला वन अधिकृत घुस रकमसहित बिहीबार पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घुससहित डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई पक्राउ गरेको जनाएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत सहायक वन अधिकृत ठाकुर सेवाग्राहीबाट नगद ३४ हजार रुपैयाँ घुस लिँदै गर्दा बेनीमा रङ्गेहात पक्राउ परेका हुन् । अख्तियारको टोलीले आवश्यक कारबाहीका लागि बिहीबार नै अधिकृत ठाकुरलाई पोखरा लगेको छ ।

म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारस्थित डिभिजन वन कार्यालयमा रहेको आवासगृहको पूजा कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया