अवैध लागुऔषधसहित तीन युवक पक्राउ

 पुष ८, २०७५ आइतबार १७:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – राजविराज नगरपालिका वडा नम्बर ४ बाट प्रहरीले अवैध लागुऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरी टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का २० वर्षका छोरा मोहम्मद इसराइल, त्यसै स्थानका १९ वर्षका करण यादव र बागलुङ्ग जिल्लाको कोढेखोला गाउँपालिका वडा नम्बर ३ का २१ वर्षका निलसु मगरलाई पक्राउ गरेको हो ।

प्रदेश नम्बर २ का प्रहरी निरीक्षक मधु नेपालका अनुसार पक्राउ परेका युवाको साथबाट नाइट्रोभेट नामक ट्याबलेट ४ सय १७ थान लागुऔषध फेला परेको छ । घटनाबारे थप सम्बन्ध भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया