तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ

 पुष १०, २०७५ मंगलबार ६:४९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – प्रहरीले दाङ देउखुरीको राजपुरका नरबहादुर घर्ती र रेशम बहादुर बुढाथोकीलाई तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

५० वर्षीय नर बहादुर घर्तीले बोकेको भरुवा बन्दुक पट्कदा ४० वर्षीय धनलाल पुनलाई गोली लागेको घटनाको अनुसन्धान गर्दा ३ नाल भरुवा बन्दुकसहित २ जना व्यक्ति पक्राउ परेका हुन् ।

धनलाल पुनको दाहिने खुट्टाको गोलीगाँठामा गोली लागेको छ । उहाँको नेपालगञ्जमा उपचार भैरहेको छ । भरुवा बन्दुक पडकेर पुन घाइते भएको खबरपाएपछि अनुसन्धानका लागि गएको प्रहरीले उनीहरुको घरमा खोजी गर्दा लुकाएर राखेको अवस्थामा ३ नाल भरुवा बन्दुक भेटिएको हो ।

भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, सिसाका छर्रा टुक्रा, सलाइको काँटी, सोडाजस्तो देखिने चिजवस्तु, बारुद जस्तो देखिने चिजवस्तु, केप बनाउन प्रयोग गरिने औषधिको खोलसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया