६६ ग्राम सुनसहित नौजना चोर पक्राउ

 पुष १०, २०७५ मंगलबार १६:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले मोबाइल तथा घडीर ६६ ग्राम सुनसहित नौजना चोर पक्राउ गरेको छ । प्रहरीले गोगंबु गेष्ट हाउसबाट २१ वर्षका सुमन थापा मगरलाई पक्राउ गरी खोजतलास गर्दा चोरीको गहना समेत फेला परेको हो ।

थापा मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रहरीले  पञ्चेश्वर गेष्ट हाउसको ३०१ नम्बर कोठाबाट चारजना पुरुष र तीन महिला चोरलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले चोरी गरेको सुन काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रहेके भुपू सैनिक सुनचाँदी पसलमा बेच्ने गरेको खुल्न अएको प्रहरीले जनाएको छ ।

प्रहरीले सुन किन्ने व्यक्तिविरुद्ध पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया