प्रिमियर लिगमा ९ खेल, काे–काेसँग खेल्दैछन् ?

 पुष ११, २०७५ बुधबार ९:१८:३२ | एजेन्सी
unn.prixa.net

बक्सिङ डेको म्याचलाई निकै महत्वपूर्ण मानिन्छ । क्रिसमसको भोलिपल्टको दिन बिदा हुने भएकाले खेलमा दर्शकहरुको उपस्थिति बाक्लो हुने गर्दछ । 

बुधबार शीर्ष स्थानको लिभरपुल न्यूक्यासल युनाइटेडसँग खेल्दैछ । नेपाली समयअनुसार राति पौने नौ बजेको खेलमा जित हात पारेको खण्डमा लिभरपुलले उपाधि होडमा बलियो हुनेछ । 

दोस्रो स्थानको म्यानचेस्टर सिटीले लेस्टर सिटीको मैदानमा खेल्दैछ । म्यानचेस्टर सिटीलाई उपाधि होडमा कायम राख्नका लागि यो खेल महत्वपूर्ण छ । 

आजका खेल

फुलह्याम भर्सेस उल्भरह्याम्टन, ६ः१५

बर्नले भर्सेस एभर्टन, ८ः४५

क्रिष्टल प्यालेस भर्सेस कार्डिफ सिटी, ८ः४५

लेस्टर सिटी भर्सेस म्यानचेस्टर सिटी, ८ः४५

लिभरपुल भर्सेस न्यूक्यासल युनाइटेड, ८ः४५

म्यान्चेष्टर युनाइटेड भर्सेस हडर्सफिल्ड टाउन, ८ः४५

टोटनह्याम भर्सेस एएफसी बर्नमाउथ, ८ः४५

ब्राइटन एण्ड होभ भर्सेस आर्सनल, ११ः००

वाट्फोर्ड भर्सेस चेल्सी, १ः४५

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया