चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
गएको मसिंर १० गते काठमाडौंको बुद्धनगरमा रहेको एउटा गोदाममा आगलागी भयो । फर्निचर गोदाममा लागेको आगोका कारण करोडौँको नोक्सानसमेत भयो ।
दमकलहरु आउँदा गोदाम लगभग खरानीमा परिणत भैसकेका थिए । तर त्यहाँ देखिएको एउटा दृश्यले भने वर्तमान समाज कता गैरहेको छ भन्ने स्पष्ट संकेत दिन्छ । गोदाममा लागेको आगो निभाउन दमकल आउने क्रम जारी थियो । तर दमकलकै बाटोसमेत छेकेर तस्बिर र भिडियो खिच्ने सयौँ रमितेहरुको भिड लागेको थियो ।
तस्बिर र भिडियो खिच्नेको भिडलाई हटाएर दमकल आगो निभाउन गएको थियो । त्यही भिडले गोदामबाट केही सामान झिक्न सकेको भए क्षति केही मात्रामा भए पनि कम हुन्थ्यो ।
यो त प्रतिनिधि घटना मात्रै हो । आजकल सामाजिक सञ्जाल समवेदनाविहीन सञ्जाल बन्दै गएको छ । अहिले विश्वमा झण्डै ३ अर्ब मानिस विभिन्न सामाजिक सञ्जालसँग जोडिएका छन् । पछिल्लो समय नेपालमै पनि सामाजिक सञ्जालको प्रयोग गर्नेहरुको संख्या निकै बढेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तामा मानवीय समवेदना हराउँदै गएको छ । यसलाई सञ्चार क्षेत्रकै क्रान्ति मानिरहँदा पनि यसको दुरुपयोग बढ्दै गएको कुरालाई बिर्सन सकिँदैन । समाजमा नकारात्मकता र अफवाह फैलाउन सामाजिक सञ्जालले भूमिका खेलेको छ ।
कसैको मृत्यु भयो, कसैको दुर्घटना भयो, कतै प्राकृतिक विपत्ति आयो, ती घटनाका जानकारी सामाजिक सञ्जालमा अपडेट हुनु त सकारात्मक कुरै भयो । तर कसैको दाहसंस्कार भैरहेको छ, त्यसमा अलिकति पनि समवेदना नराखी परिवारका सदस्यको रुवाबासी सामाजिक सञ्जालमा लाइभ गर्नु कत्तिको जायज हो । कसैको आँसु नै बेचेर पैसा कमाउँछु भन्ने सोच राख्नेलाई के भन्ने ?
कतै सडक दुर्घटना भयो, ठूलै मानवीय क्षति भयो, घाइते पनि धेरै भए । तर उद्धार र सहयोगमा जुट्ने भन्दा तस्बिर र भिडियो खिच्नेहरुको भिढ बढी हुन्छ । ‘हामी अहिले फेसबुक लाइभमा छौँ, तपाईँ देख्न सक्नुहुन्छ यहाँ नदीबाट शवहरु झिक्ने क्रम जारी छ’ भन्दै चिच्याउनेहरुको भिड देखिन्छ । प्राकृतिक विपत्तिका बेला पनि जतिसक्दो छिटो सहयोग पुर्याउनुपर्ने ठाउँमा यस्तै गरेको देख्न सक्छौँ ।
कसैको घरमा आगो लागिरहेको छ, छिमेकीको पहिलो काम कसरी आगो निभाउने र क्षति काम गर्ने भन्ने नै हुनुपर्छ । छिमेकीको घर आगोले जलिरहेको छ, त्यसको फेसबुक लाइभ गर्ने कि आगो निभाउन जाने ? मान्छेले यतिसम्म गर्न थालेकी कसैको हत्या गरेको घटनासमेत फेसबुकमार्फत लाइभ गर्न थाले । कोही नदीमा डुब्दैछ भने पनि मानिसहरु उसलाई बचाउन नगएर लाइभ प्रसारण गरेर नबस्लान् भन्ने दिन आइसक्यो ।
फेक न्यूज र हिंसा
छिमेकी देश भारतको कुरा गर्ने हो भने त हाम्रोभन्दा पनि डरलाग्दो अवस्था रहेको छ । सामाजिक सञ्जालकै दुरुपयोगका कारण भारतका विभिन्न शहरमा साम्प्रदायिक हिंसा भड्किएका छन् । मानिसहरुलाई आफ्नो पक्षमा प्रभावित गर्नकै लागि विरोधीका बारेमा हुँदै नभएका घटनाको प्रचारबाजी गरेकै कारण भारतमा हिंसा भड्किएका उदाहरण प्रशस्तै छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार यस्ता गलत समाचारहरु एक व्यक्तिबाट अर्को व्यक्ति हुँदै ठूला ठूला समूहमा पुग्ने गरेको छ । त्यसैले गर्दा पनि हिंसा भड्किएका उदाहरण प्रशस्तै छन् ।
मेक्सिकोमा बालबालिका अपहरण भएको भन्ने गलत खबरकै कारण दुई जना व्यक्तिको हत्या भयो । भारतमा ह्वाट्स एपमा अपहरणको नक्कली भिडियो सार्वजनिकलगायतका गलत खबर फैलाएकै कारण झण्डै दुई दर्जन मानिस मारिए । श्रीलंकाले यस्तै खबरका कारण केही समय ह्वाट्स एप, फेसबुक इन्स्टाग्राम नै बन्द गरिदियो ।
डाटा चोरी गरेर अमेरिकी चुनावलाई नै प्रभावित पार्न खोजेको आरोप र नक्कली समाचार(फेक न्यूज) को बिगबिगी बढेपछि फेसबुकले नक्कली समाचार र अफवाहहरु घटाउने काम सुरु पनि गरिसकेको छ । तर अझै पनि ह्वाट्स एपलगायतका एपहरुमार्फत अफवाह फैलाउने काम भैरहेको छ ।
गलत समाचार प्रवाह गर्दै समाजमा हिंसा फैलाउने काम समेत सामाजिक सञ्जालले गरेको छ । यस्तो अवस्थमा सामाजिक सञ्जाल प्रयोगकर्ता आफै पनि सजग हुन आवश्यक देखिन्छ ।
सामाजिक सञ्जालको सदुपयोग
सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढेसँगै यसका केही सकारात्मक पक्ष पनि छन् । कसैले दुःख पायो, कोही अप्ठ्यारोमा पर्यो, सामाजिक सञ्जालले ठूलो सहयोग गर्छ । कसैले दुःख पायो, कसैले पढ्न पाएन भन्ने खालका समाचारहरु सामाजिक सञ्जालमा देख्नेबित्तिकै सहयोगी हात अगाडि बढाउने पनि छन् ।
२०७२ सालको भूकम्पपछि नेपालमा सामाजिक सञ्जालको भूमिका उल्लेखनीय नै थियो । प्राकृतिक प्रकोप र संकटका समयमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण हुने अन्तर्राष्ट्रिय रेडक्रस महासंघले समेत जनाएको छ ।
संकटका बेला सामाजिक सञ्जाललाई कसरी सकारात्मक रुपमा प्रयोग गर्न सकिन्छ भनेर रेडक्रसले एउटा गाइडलाइन नै बनाएको छ । ‘हाउ टु युज सोसल मिडिया टु बेटर इन्गेज पिपल अफेक्टेड बाई क्राइसिस’ नामको गाइडलाइनमै २०७२ सालको भूकम्पका बेला सामाजिक सञ्जालले नेपालमा निकै सहयोग गरेको रेडक्रसले जनाएको छ ।
सामाजिक सञ्जालकै कारण नेपालमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरबाटै पनि उद्धार गर्न सहज भएको रेडक्रसले उल्लेख गरेको छ । सामाजिक सञ्जालले विपत्तिका बेला परिवारका सदस्यलाई एक अर्कासँग जोड्नेदखि जीवन बचाउनेसम्मकै काम गरेको थियो । सामाजिक सञ्जालले प्राकृतिक विपत्ति आउनुअघि, विपत्तिका बेला र विपत्तिपछि पनि ठूलो भूमिका खेल्ने रेडक्रसले आफ्नो गाइडलाइनमा उल्लेख गरेको छ ।
रेडक्रसले दिएकै उदाहरण हेर्ने हाे भने सामाजिक सञ्जालको सही प्रयाेग भएमा यसले समाजमा सकारात्मक भूमिका खेल्दछ । त्यसैले सामाजिक सञ्जाललाई सही कामका लागि प्रयाेग गराैँ, अफवाह र समाजमा द्वेष फैलाउने काम नगराैँ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।