बंगलादेशी क्रिकेट कप्तान मुर्तजा बने सांसद, विपक्षीलाई साढे दुई लाख मतले हराए

 पुष १६, २०७५ सोमबार १२:३०:३० | एजेन्सी
unn.prixa.net

बंगलादेश क्रिकेटका एकदिवसीय कप्तान मशरफे मुर्तजा सांसद बनेका छन् ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट सांसदमा उठेका मुर्तजा भारी अन्तरले सांसदमा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई साढे दुई लाखभन्दा बढी मतले पछि पारेका हुन् । नारायल–२, सिटका उम्मेद्वारा मुर्तजाले दुई लाख ७१ हजार भोट ल्याएका थिए भने उनका विपक्षी जातीय ओइक्यो फ्रन्ट गठबन्धनका उम्मेद्वार फरिदुज्जमा फरहादले जम्म ७,८८३ मत प्राप्त गरेका थिए । 

यसै महिनाको नौ तारिखमा वेष्ट इण्डिजविरुद्धको खेलअघि चुनाव लड्ने घोषणा गरेका मुर्तजाले सन् २०१९ को विश्वकपपछि सन्यास लिने घोषणा गरेका थिए ।

सन् २००९ मा भोगेको इन्ज्युरीपछि उनले टेस्टबाट सन्यास लिएर एकदिवसीयमा ध्यान दिइरहेका छन् । उनले बंगलादेशका लागि ३६ टेस्ट म्याचमा ७८ विकेट लिएका छन् । टि–२० बाट उनले २०१७ बाटै सन्यासको घोषणा गरिसकेका छन् । 

टी–२० मा पनि उनले ५४ खेलमा ४२ विकेट लिएका छन् । बंगलादेश क्रिकेटमा राष्ट्रिय टिममा रहेसँगै सांसद बन्ने मुर्तजा पहिलो व्यक्ति भने होइनन् । यसअघि सन् २०१४ मा नइमुर रहमान दुरजोय पनि क्रिकेट खेल्दै गर्दा सांसद बनेका थिए ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • km,.olknl ,m mml,

    Dec. 31, 2018, 12:35 p.m.

    lol

  •  0 Reply

तपाईको प्रतिक्रिया