राशिद खानले आजको खेल आइतबार निधन भएका बुवाप्रति समर्पित गर्दै

 पुष १६, २०७५ सोमबार १५:२५:२२ | एजेन्सी
unn.prixa.net

एडिलेड स्ट्राइकर्सका महत्वपूर्ण खेलाडी राशिद खानले सिड्नी थन्डर्सविरुद्धको खेल आफ्ना पिताप्रति समर्पित गर्ने भएका छन् । 

आइतबार रातिमात्र राशिद खानको पिताको मृत्यु भएको थियो । सोमबार बिहान राशिदले ‘आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति गुमाएको’ भन्दै ट्वीट गरेका थिए ।

पिताको मृत्युपछि उनी खेल्ने वा नखेल्ने भन्ने शंकाबीच सिड्नीविरुद्धको एघार सदस्यीय टिममा राशिदको पनि नाम आएको थियो ।

एडिलेड स्ट्राइकर्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा १७५ रन बनाएको छ । अब थन्डर्सलाई सस्तैमा रोक्न स्ट्राइकर्सका बलर राशिद खानको महत्वपूर्ण भूमिका हुने आशा गरिएको छ ।

‘एडिलेड स्ट्राइकर्सले दिएको आजको खेल आफ्नो पिताप्रति समर्पित गर भन्ने सुझाव मान्दै राशिदले खेल्ने निर्णय गरेका हुन्,’ प्रेस विज्ञप्तिमा उल्लेख छ । एडिलेड स्ट्राइकर्सले राशिदको कठिन क्षणणमा समवेदना प्रकट गरेको छ । 

यो सिजनमा राशिदले १४ ओभर बलिङ गर्दै पाँच विकेट लिएर ४१ रन मात्र दिएका छन् ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया