केरलको सबरीमला मन्दिरमा दुईजना महिला प्रवेश गरे, शुद्धिकरणका लागि भन्दै मन्दिर बन्द गरियो

 पुस १८, २०७५ बुधबार १२:३५:३५ | एजेन्सी
unn.prixa.net

बुधबार बिहान केरलको सबरीमला मन्दिरमा दुई जना महिला प्रवेश गरेका छन् । यसभन्दा पहिले पनि सबरीमला मन्दिरमा महिलाहरु प्रवेश गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । 

भारतीय सञ्चार माध्यमहरुका अनुसा बुधबार दुई जना महिला सादा कपडा लगाएर प्रहरी तथा कार्यकर्ताको सुरक्षा घेरामा स्वामि अयप्पाको मन्दिरमा प्रवेश गरेका हुन् । 

केरलका मुख्यमन्त्री पी. विजयनले महिलाहरु मन्दिर प्रवेश गरेको पुष्टि गरेका छन् । उनले भने, ‘उनीहरुलाई हामीले सुरक्षा प्रदान गरेका हौँ ।’

पेरिनथलमन्नाकी बिन्दू र कन्नूरकी कनकदुर्गा गएको महिना पनि मन्दिरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए । तर कथित रुपमा दक्षिणपन्थीहरुको एउटा ठूलो समूहले रोकेका कारण उनीहरु मन्दिर प्रवेश गर्न असफल भएका थिए । 

भारतीय जनता पार्टी र उसका सहयोगी संगठनले महिलालाई मन्दिरमा प्रवेश रोक्न तथा ‘परम्परा’ लाई यथावत राख्न अभियान चलाइरहेको छ । त्यसैले राज्य सरकारले कडा सुरक्षा व्यवस्था अपनाएको छ ।

महिलाहरु प्रवेश गरेपछि मन्दिरका मुख्य पुजारीले मन्दिर बन्द गरेका छन् । मुख्य पुजारीले मन्दिरको शद्धिकरणका लागि बन्द गरिएको प्रहरीसँग बताएका छन् । 
सबरीमला मन्दिरमा महिलाहरु प्रवेश गर्न हुँदैन भन्ने परम्परावादी सोच रहेको छ ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया