महिला प्रहरीलाई बलात्कार प्रयास गर्ने प्रहरी जवानलाई जेल

 पुष १९, २०७५ बिहीबार १०:३२:४६ | गोपाल भण्डारी

कपिलवस्तु – तीन महिनाअघि महिला प्रहरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान भरत वलीलाई जेल चलान गरिएको छ । 

जिल्ला अदालतको फैसला अनुसार प्रहरी जवान वलीलाई साढे ३ वर्ष कैद सजाय र उनबाट १० हजार रुपैयाँ क्षतिपूर्ति भराई पीडित महिला प्रहरीलाई दिन आदेश भएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो । 

न्यायाधीश लोकजंश शाहको एकल इजलासले मुलुकी अपराध संहिता २०७४ अनुसार सजाय तोकेको जिल्ला अदालतका श्रेस्तेदार डिल्लीराज शर्मा अर्यालले बताउनुभयो । गएको असोज २० गते राति सवा १० बजे प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान हाल बासगढी नगरपालिका–८, बर्दियाका (साविक दउडाकल गाविस–५ का २२ वर्षीय भरत वलीले महिला प्रहरीलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । 

तौलिहवा बसबार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी अफिसपछि आफनो कोठाको नलमा पानी चलाएर कोठामा जाने क्रममा वलीले ती महिला प्रहरीलाई समातेर जबजस्ती कोठामा लगी करणी गर्न खोजेपछि  महिला प्रहरीले प्रतिकार गरेकी थिइन् ।

घटनालगत्तै पीडक प्रहरी जवान वलीलाई निलम्बन गरी आन्तरिक अनुसन्धानपछि जबर्जस्ती करणी मुद्धा दर्ता गरी प्रक्रियाअघि बढाइएको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो । 


 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया