बालबालिकाका लागि बाल उद्यान

 पुस १९, २०७५ बिहिबार १६:२८:२५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको पाटन नगरपालिका  वडा नम्बर ९ विजयपुरमा रहेको  ज्ञानेश्वर माध्यमिक विद्यालयमा बाल उद्यान स्थापना गरिएको छ ।

बैतडीका सामुदायिक विद्यालयहरुमा अब्बल मानिँदै आएको ज्ञानेश्वर माध्यमिक विद्यालयले बालबालिकालाई शिक्षण क्रियाकलापका साथै अतिरिक्त मनोरञ्जनको लागि बाल उद्यानको स्थापना गरेको हो ।

नगरपालिकाको ५ लाख, शिक्षा विकास तथा समन्वय इकाई २ लाख र विद्यालयको ३ लाख गरी जम्मा १० लाखमा बाल उद्यान स्थापना गरिएको ज्ञानेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिवंश विष्टले बताउनुभयोे ।

बाल उद्यानमा बालबालिकालाई खेल्नका लागि चिप्लेटी, रोटेरिङ चेयर, ढिकी पिङका साथै सिकाईका लागि गार्डेनमा बालबालिकाले सजिलै चिन्न सक्ने त्रिभुज, सडकुण, स्ततम्भ लगायतका चित्रहरु कोरिएका छन । बालबालिकालाई शिक्षण क्रियाकलापका साथै अतिरिक्त मनोरञ्जनको लागि विद्यालयमा बाल उद्यान स्थापना गरिएको अध्यक्ष बिष्टले बताउनुभयो ।

विद्यालयमा चालु शैक्षिक शत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाई समेत सुरु गरिएको छ । ५ सय ६५ भन्दा बढी विद्यार्थी अध्ययनरत त्यस विद्यालयमा प्राविधिक विषयको समेत पढाई हुने गरेको छ ।

पछिल्लो समयमा पाटन नगरपालिकामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडा, जनता माध्यमिक विद्यालय आरुबाटालगायतका विद्यालयमा पनि बाल उद्यान स्थापना गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईले पनि पटक/पटक अनुगमन गर्दा शैक्षिक गुणस्तर, भौतिक व्यवस्थापन, सरसफाई, कक्षाकोठा व्यवस्थापनमा ज्ञानेश्वर मावि उत्कृष्ट रहेको बताएको छ ।

ज्ञानेश्वर माविका सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन बाल उद्यान, बालमैत्री कक्षा, किशोर किशोरीमैत्री सूचना केन्द्र, विपद व्यवस्थापन सिकाई केन्द्र समेत स्थापना गरिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया