आर्सनल र चेल्सी एफए कपको चौथो चरणमा

 पुष २२, २०७५ आइतबार ६:२९:१३ | एजेन्सी
unn.prixa.net

आर्सनल र चेल्सी इंग्लिस फुटबल प्रतियोगिता एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएका खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई दुई–शून्य र आर्सनलले ब्ल्याकपूललाई तीन–शून्य गोलअन्तरले पराजित गरेको हो । 

१९ वर्षीय स्ट्राइकर जोय विलकको दुई गोलको सहयोगमा आर्सनलले ब्ल्याकपूललाई उसकै मैदानमा हराएको हो । एरोन राम्सेको फ्रिकिक पोस्टमा लागेर रिबाउन्ड भएपछिको बल सदुपयोग गरी विलकले ११औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा उनैले दोस्रो गोल गरे । लिग वान क्लव ब्ल्याकपूलले खेल अवधिभर आर्सनललाई कुनै चुनौती दिन सकेन र खेलको अन्त्यतिर एलेक्स इवोबीले आर्सनलका लागि तेस्रो तथा निर्णायक गोल फर्काएका थिए । 

त्यस्तै इंग्लिस क्लबका लागि सम्भवतः अन्तिम खेल खेलेका सेस फेब्रिगास पेनाल्टीमा चुकेको खेलमा चेल्सीले नटिङघम फरेष्टलाई हरायो । फेब्रिगास जनवरी ट्रान्सफरमा थियरी हेनरीले प्रशिक्षण गरिरहेको मोनाकोमा अनुबन्ध हुने लगभग निश्चितजस्तै छ । नटिङ्घमका ड्यानी फक्सले चेल्सीका रुविन लोफ्टस चीकलाई फल गरेपछि पाएको पेनाल्टीमा फेब्रिगासको प्रहार गोलरक्षक लुक स्टिलले रोकेका थिए । तर दोस्रो हाफमा अल्भारो मोराटाले क्लोज रेन्जबाट दुई गोल गरेपछि चेल्सीले सहज जित पहिल्यायो । दुवै गोलका लागि कालम हड्सन ओडोईले पास उपलब्ध गराएका थिए । 

शनिबार राति भएका अन्य खेल हरुमा पोर्ट्समाउथले नोरिच सिटीलाई, ब्रिस्टोल सिटीले हर्डर्सफिल्ड टाउनलाई र क्रिष्टल प्यालेसले ग्रिम्स्बी टाउनलाई समान एक–शून्य गोलअन्तरले पराजित गरे । 

कार्डिफ सिटी भने गिलिङह्याम सिटीसँग पराजित भयो । स्वान्टीले एस्टोन भिल्लालाई तीन शून्यले हरायो । साउथह्याम्प्टन र डर्बी काउन्टीले दुई-दुई गोलको बराबरी खेले । न्यूकासल युनाइटेड पनि ब्ल्याकबर्न रोभर्ससँग एक–एक गोलको बराबरीमा रोकियो ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया