म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा, गुनरको प्रशिक्षणमा लगातार पाँचौ जित

 पुष २२, २०७५ आइतबार ७:३:२ | एजेन्सी
unn.prixa.net

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

नयाँ प्रशिक्षक गुनरले टिम सम्हालेपछि राम्रो लयमा देखिएको युनाइटेडले लगातार पाँच खेलमा जित निकाल्ने क्रममा रिडिङ फुटबल क्लबलाई दुई–शून्यले हरायो ।

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टिम युनाइटेडको जितमा माटा र रोमेलु लुकाकुले एक–एक गोल गरे । खेलको २२ औँ मिनेटमा युनाइटेडले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै माटाले पहिलो गोल गरे ।

त्यसपछि पहिलो हाफको अन्तिममा एलेक्सिस सान्चेजको पासमा लुकाकुले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा दुई–शून्यले अगाडि राखे ।

तर दोस्रो हाफमा युनाइटेडले निकै मौका पाए पनि सदुपयोग गर्न सकेन । जसका कारण उसले दुई–शून्यको जित दर्ता गर्दै चौथो चरणमा स्थान बनायो ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया