क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
रोल्पा – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पक्राउ गरेको छ । सल्लीबोट आधारभुत विद्यालय रोल्पा नपा–१ मा अध्यापन गराइरहेका शिक्षक केसीलाई प्रहरीले आइतबार विद्यालयबाटै पक्राउ गरेको हो ।
शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरुलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक उदय महराका अनुसार विद्यालयमा पढाइरहेका शिक्षक केसीलाई सादा पोसाकमा आएका प्रहरीले सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेका थिए । महराका अनुसार विद्यालय पोसाकमै शिक्षक केसीलाई गिरफ्तार गरिएको थियो ।
विप्लव निकट अखिल नेपाल शिक्षक सठन रोल्पाका अध्यक्ष प्रेम केसीले विद्यालयमा पढाउँदै गरेका शिक्षकलाई प्रहरीले पक्राउ गर्नु दुःखद भएको भन्दै बिना सर्त रिहाई नगरे आन्दोलन गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Raju
Jan. 13, 2019, 11:01 a.m.अब विप्लबको राजनीति गर्ने मात्र राजनीतिको परिभाषामा राख्नु भएन नी सरकार ! गाउगाउमा नेकपा, कांग्रेस लगायतका शिक्षक संगठनकाहरु छन् उनीहरुले विद्यालयमा राजनीति गरेर विद्यालयको पठनपाठनको वातावरण नै धुमिल्याएका छन् अनि ती चाही केहि होइनन ? कारवाही गर्ने भए यी सबैलाई पनि कारवाही गर्नु पर्छ