राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
बझाङ – जिल्ला कारागार बझाङका कैदीबन्दीहरु आन्दोलित भएका छन् ।
आफूहरुले जिल्ला कारागारमा थुप्रै समस्या भोगेको भन्दै उनीहरुले पकाएको खाना नै खान छोडी नाराबाजीसहित जिल्ला कारागारभित्रै आन्दोलन गरेका हुन् ।
उनीहरुको आन्दोनलको मुख्य विषयहरु शुद्ध खानेपानी, चर्पी, ढल निकास, स्वास्थ्य, सरसफाई र सूचनापाटी आदि हुन् ।
कारागारमा शुद्ध पिउने पानीको सट्टा खाने पानीका धाराबाट फोहोर र धमीलो पानी आउने गरेको उनीहरुको भनाई छ । पानी निरन्तर नअाउँदा पिउन, नुहाउन, खाना पकाउन, चर्पीमा प्रयोग गर्न पानीकाे समस्या हुने गरेको उनीहरुले दुखेसो पोखे ।
कहिले भातका सिता, कहीले धमीलो पानी र कहीले खच्चर, पशुचौपायाको दिसा पिसाब खानेपानीका धारामा आउने गरको उनीहरुको गुनासो छ ।
कुनैबेला पिउनका लागि नै पानी नहुँदा समस्या झेल्दै आएको नाईके लक्ष्मण रावलले बताउनुभयो ।
सरोकारवानी निकाय संग पटक पटक आग्रह गर्दा समेत सुनुवाई नै नभएका कारण आफुहरुले आन्दोलन गर्नु परेको बताए ।
यस्तै चर्पीमा दिसा पिसाब गर्दा बाहिरबाट पानी लैजानुपर्ने र चर्पी सफा गर्ने फिनाइल लगायतका सामान उपलब्ध नहुने समस्या पनि छ ।
त्यसबाहेक चर्पीको खाल्डो एक महिना नपुग्दै भरिएर फोहोर दिसा पिसाब बाहीर निष्कने गरेको कैदी बन्दीहरुले बताएका छन् ।
बाहिर भएको भए पानी मागेर वा कहीं धारा, खोलामा गएर पिउन मिल्थ्यो तर कैदीबन्दीलाई त्यो सुबिधा हुँदैन ।
त्यसैले आफूहरुले शुद्ध पिउने पानी पिउन पाउनुपर्ने उनीहरुको भनाई छ ।
यस्तै सरसरफाई गर्दा, जुठा भाँडा धुँदा निस्केको फोहोर पानी तथा वर्षायामको पानी निस्कासन पनि अर्को समस्या छ । कारागारभित्र फोहोर हुँदा लामखट्टेका कारण रात भरी जाग्राम बस्नुपर्ने बाध्यता भिन्दै छ ।
यस्ता समस्याका कारण जिल्ला कारागार भित्र रहेका कैदीबन्दीहरु प्राय आउँ तथा झाडापाखालाजस्ता राेगबाट ग्रसित हुनुपरेको छ ।
यस्तै जिल्ला कारागार बझाङमा सूचनापाटीसमेत नभएको भन्दै हरेक सूचनाहरु अपडेट गर्नका लागि गेटबाहिर सूचनापाटी राखिनुपर्ने कैदीबन्दीहरुले माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले २ वर्ष यता अनुगमन तथा निरीक्षण समेत नगरेको उनीहरुको भनाई छ । ८ जना थुनुवा र ४६ जना कैदी गरी अहिले जम्मा ५४ जना कैदीबन्दीहरु रहेका छन् । २५ कैदीबन्दी राख्ने क्षमता भएको जिल्ला कारागार बझाङमा क्षमताभन्दा दोब्बर भन्दा बढी कैदीबन्दीहरु रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।