मोदीलाई राम्रोसँग एक लाइन अंग्रेजी पनि बोल्न आउँदैन : ममता बनर्जी

 पुष २८, २०७५ शनिबार ७:१५:२५ | एजेन्सी
unn.prixa.net

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जी पछिल्ला केही वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको कट्टर आलोचकका रुपमा परिचित छिन् । बनर्जी प्रधानमन्त्री मोदीका योजनादेखि भाषणसम्मको आलोचना गर्छिन् । 

पछिल्लो समय मुख्यमन्त्री बनर्जीले प्रधानमन्त्री मोदीको अंग्रेजी भाषामाथिको पकडलाई प्रहार गरेकी छिन् । प्रधानमन्त्री मोदीले विभिन्न प्रकारका भाषण गर्ने बताउँदै बनर्जीले मोदीलाई राम्रोसँग एक लाइन अंग्रेजी पनि बोल्न नआउने आरोप लगाएकी छिन् ।

एक बंगाली भाषाको सञ्चार माध्यमका अनुसार मुख्यमन्त्री बनर्जी भन्छिन्, ‘प्रधानमन्त्री मोदी भाषण त खुब गर्छन् तर ठीकसँग एक लाइन अंग्रेजी बोल्न सक्दैनन् । जब उनी अंग्रेजी बोल्छन् उनी लगातार टेलीप्रम्प्टरमा हेरिरहन्छन् ।’

ममता बनर्जी थप्छिन्, ‘पूरा सञ्चार माध्यमलाई यो कुरा थाहा छ । अरु मानिसलाई पनि थाहा छ । उनी स्क्रीनमा हेरेर अंग्रेजीमा जे भन्नु छ त्यो भनिरहेका हुन्छन् । फेरि यस्तो बोल्छन् कि उनी यसमा निकै पोख्त छन् । तर मलाई त्यस्तो गर्नु पर्दैन ।’

ममता बनर्जी मोदी सरकारको प्रखर विरोधी हुन् । बिहीबार उनले पश्चिम बंगाल सरकार केन्द्र सरकारको आयुष्मान भारत योजनाको हिस्सा नबन्ने बताएकी थिइन् । मुख्यमन्त्री बनर्जीले केन्द्र सरकारले यो योजनामार्फत राजनीति गरेको आरोपसमेत लगाएकी थिइन् ।

भारतीय जनता पार्टीले पश्चिम बंगालका हरेक घरमा मोदीको तस्बिर र कमलको निशान भएको पत्र पठाएको आरोप बनर्जीले लगाएकी छिन् । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया