बर्दियाबाट अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ

 पुस २९, २०७५ आइतबार १७:१४:५० | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया प्रहरीले आइतबार गुलरियाबाट हातहतियार कारोबार गरेकाे आराेपमा एक भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेकाे छ ।

लामो समयको अध्ययन र अनुसन्धानपछि बर्दिया प्रहरीले हातहतियार कारोबारीलाइ पक्राउ गरेको हाे ।

प्रहरीले भारतकाे बहराईच जिल्ला, थाना मुर्तिहा भन्ने ठाउँका २० वर्षिय सलमान खानलाइ कटुवा पेस्तोलसहित पक्राउ गरी सार्वजनिक गरेको हो । 

हातहतियार कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बर्दियाको गुलरिया नगरपालिका -१०, कालाबन्जार, गडरिया चोकबाट खानलाइ पक्राउ गरेको हो ।

युपी ३१ ए आर ६८२६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेको अवस्थामा खानलाई रोकी जाँच गर्दा कटुवा पेस्तोल १ थान, पेस्तोलमा  लाग्ने गोली १ राउण्ड,  नेपाली र भारतीय गरी २९,७९६ नगद रकम,  लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्रामसमेत फेला पारिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।

पक्राउ परेका खानलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा  राखिएको प्रहरी उपरीक्षक मैनालीकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया