देश छोड्दा मैले गुमाउनुपर्ने केही थिएन, स्वतन्त्र जीवन बाँच्नका लागि भागेँ : रहफ मोहम्मद

 माघ २, २०७५ बुधबार ७:४५:३३ | रासस
unn.prixa.net

कुवेतबाट थाइल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी साउदी युवती रहफ मोहम्मदले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि लिनै पर्ने काम भएको बताएकी छन् । 

दुई हप्ताअघि १८ वर्षीया मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए । स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन् । 

परिवारले आफूसँग दुव्र्यवहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बताएकी थिइन् । 

टोरन्टो स्टार पत्रिकासँग कुराकानी गर्दै उनले भनिन्, ‘मैले लिएको जोखिम लिनैपर्ने थियो । मैले गुमाउनुपर्ने केही थिएन ।’ 

‘हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ’, उनले भनिन्, ‘म मानिसहरूलाई आफ्नो कथा र साउदी महिलासँग कस्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ ।’
परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर भागेकी थिइन् । 

उनका अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो र उनी ब्याङ्कक हुँदै त्यता जान चाहन्थिन् । तर विमानबाट ओर्लिँदै गर्दा एक साउदी कुटनीतिज्ञले आफ्नो राहदानी खोसिदिएको उनको दाबी थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया