खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्री मे ले यूरोपियन युनियन ईयू छाड्न भएको जनमत संग्रहको नतिजा पालना गर्ने र आफ्ना नागरिकसँग गरेको प्रतिबद्धता पूरा गर्न आफु सधैं तयार रहने बताउनुभएको छ ।
उहाँले सबै दलका नेतालाई ईयूबाट बाहिरिन नयाँ बाटो खोज्न सहयोग गर्न पनि अपील गर्नुभएको छ । बुधबार ईयूबाट बेलायत बाहिरिनेसम्बन्धी प्रधानमन्त्री मे को प्रस्ताव बहुमतले अस्वीकृत भएपछि उहाँविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।