अष्ट्रेलियामा अत्यधिक गर्मी : घरभित्रै बस्न सरकारको आग्रह

 माघ ३, २०७५ बिहीबार १२:२०:४७ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियाका गर्मी अत्यधिक बढेको छ । उच्च तापक्रमका कारण अस्ट्रेलियाको केही भुभागको जनजीवन प्रभावित भएको छ । बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो  साढे तीन बजेको तापक्रम ४८.३ डिग्री सेल्सियस रहेको थियो । जुन अहिलेसम्म मापन भएको सबैबढी तापक्रम हो ।

विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम अझै बढ्ने क्रममा रहेको त्यहाँको मौसम विभागले जानकारी दिएको छ ।

न्यू साउथ वेल्समा पर्ने एल्बोरी र वोडोङगाको भिक्टोरिया बोर्डर शहरमा पनि तापक्रम ४५ डिग्री पुगिसकेको छ ।

अत्याधिक गर्मी बढेपछि सरकारले जरुरी काम बाहेक नागरिकलाई बाहिर ननिस्कन भनेको छ । अघिल्लो २४ घण्टाको तथ्याङ्कलाई आधार मान्दै अझै तापक्रम बढ्न सक्ने भन्दै नागरिकलाई सचेत गराइएको छ । 

त्यहाँका मौसम अधिकारीका अनुसार दक्षिणी अष्ट्रेलियामा पछिल्लो तीन दिनमा औसत १० देखि १४ प्रतिशतको दरमा तापक्रम बढेको छ ।

अधिकारीहरुले नागरिकलाई बढी सचेत हुन र घरभित्रै रहन आग्रह गरेका छन् । उनीहरुले प्रशस्त मात्रामा पानी पिउन र शारीरिक काम कम गर्न भनेका छन् । वरिष्ठ मौसमविद् रड डिक्सनल मेलबर्न शहरको तापक्रम पनि बढेर ३७ डिग्री सेल्सियस पुग्न सक्ने बताएका छन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया