एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
दाङ – सर्वाेच्च अदालतले सजाय फैसला गरेको झन्डै दुई वर्षपछि दाङ प्रहरीले सामूहिक बलात्कार काण्डका दोषी विष्णु चौधरीलाई पक्राउ गरेको छ । २०६५ साल चैत महिनामा बिजौरीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न रहेका चौधरीलाई दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वाेच्च अदालतका न्यायाधीशद्धय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले बलात्कार गरी लुटपाट गरेको आरोपमा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । अदालतको फैसला पश्चात चौधरी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले चौधरीलाई तुलसीपुर—१८ मा रहेको घरबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ । चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको छ । चौधरीलाई देउखुरीकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।