चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
फेसबुक, इन्स्टाग्राम र ट्विटरमा अहिले टेन इयर्स च्यालेन्जका नाममा एउटा प्रतियाेगिता चलिरहेको छ जस अन्तर्गत मानिसहरुले आफ्नाे दश वर्ष पुरानो फोटोलाई अहिलेको फोटोसँग जोडेर शेयर गर्नुपर्ने हुन्छ ।
तर अहिले आएर यो च्यालेन्जलाई प्रयोगकर्ताका तथ्यांक संकलन गर्न सकियोस् र त्यसले अनुहार चिन्नमा मदत पुर्याओस भनेर फेसबुकले सुरु गरेको भन्ने प्रश्न उठिरहेको छ । प्रविधि पत्रकार केट ओ' नीलले वाएर्ड डट कममा एउटा आलेख लेख्दै यो च्यालेन्जको माध्यमबाट व्यक्तिको गोपनीयता भंग हुने शंका व्यक्त गरेका छन् ।
Me 10 years ago: probably would have played along with the profile picture aging meme going around on Facebook and Instagram
— Kate O'Neill (@kateo) January 12, 2019
Me now: ponders how all this data could be mined to train facial recognition algorithms on age progression and age recognition
केटले सबैभन्दा पहिले १३ जनवरीमा ट्वीट गर्दै लेखेकी थिइन्, ‘दश वर्ष पहिले फेसबुक र इन्स्ट्राग्राममा चलिरहेको यो एजिंग मीमसँग सायद म खेल्थेँ तर अहिले म सोचिरहेकी छु की फेसियल रिकग्निसन (अनुहार पहिचान)को डाटालाई कसरी प्रयोग गर्न सकिन्छ ?’
वायर्ड डट कममा लेखेको आलेखमा केटले भनेकी छिन्, ‘ट्वीटको माध्यमबाट च्यालेन्जलाई खतरनाक भन्ने थिएन, मानिसलाई फेसियल रिकग्निसनको बारेमा थाहा भइसकेपछि यसको बारेमा पनि थाहा होस भन्ने थियो ।’
‘तर कोही आफ्नो प्रोफाइल फोटोमा कार्टून, वर्ड इमेज अथवा अन्य प्रकारका पेन्टिङको प्रोग गर्छन् । यस्तो अवस्थामा उनीहरुको सही डाटा भेटाउन धेरै समस्या हुनेगर्दछ । यसको साथै फेसबुकमा अपलोड गरिएको प्रोफाइल फोटो कुन दिन राखिएकाे थियो भन्ने पनि थाहा हुँदैन । यस्तोमा मेटाडाटाले पनि सही दिन भेट्टाउन सक्दैन, किनकी कतिपयले फोटोको स्क्यान गरेर त्यसैलाई प्रोफाइल फोटो बनाएर अपलोड गर्ने गर्छन् ।’
केटले अगाडि लेखेकी छिन्, ‘फेसबुकको टेन इयर च्यालेन्जमा मानिसहरुले आफ्नो फोटोको साथसाथै वर्ष पनि लेख्ने गरेका छन् । जस्तो ‘मी इन २००८, मी इन् २०१८’ । यस बाहेक कतिपय प्रयोगकर्ताले त आफ्नो स्थान पनि लेखिरहेका छन् । जसले गर्दा एक च्यालेन्जको माध्यमद्वारा मान्छे दश वर्ष पहिले र अहिले कस्तो देखिन्छन् भन्ने ठूलो डाटा तयार भइसकेको छ ।’
उनका अनुसार अनुहार पहिचान गरने सफ्टवयरलाई सहज बनाउन यी डाटाको प्रयोग हुनेछ ।
फेसबुकले भने यस्ता दाबीलाई नकारेकाे छ बरु उसले यसलाई प्रयाेगकरताले नै तयार पारेकाे रमाइलाे सफ्टवयर (मीम) हाे भनिरहेकाे छ । फेसबुकले भनेको छ, ‘ यो हामीले सुरु गरेका हाेइनाैं। मीममा प्रयोग गरिएका फोटोहरु पहिलेदेखि नै फेसबुकमा संग्रहित छन् ।
फेसबुकलाई यो मीमबाट केहीपनि फाइदा छैन । फेसबुक प्रयोगकर्ताले फेसियल रिकग्निसनलाई जुनसुकै बेला पनि आफै खाेल्न वा बन्द गर्न सक्छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।