तास खेल्दै गरेका चारजना पक्राउ

 माघ ६, २०७५ आइतबार १५:८:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - तास खेलिरहेको अवस्थामा दाङमा प्रहरीले नगदसहित चार जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.-५ (ग) लाइनमा रहेको न्यू हरियाली रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नगद  ८८ हजार २ सय ६० रुपैयाँ र एक गड्डी ताससहित चार जनालाई पक्राउ गरिएको हाे ।

पक्राउ परेकाहरुहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवासम्बन्धी) कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।   ।

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया