प्रधानमन्त्रीले चाहे छिट्टै निर्मलाको हत्यारा पत्ता लाग्छ : कांग्रेस प्रवक्ता शर्मा

 माघ ७, २०७५ सोमबार १२:५६:२३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले चाहे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताउनुभएको छ । सोमबार निर्मलाको घरमा पुगेर निर्मलाकी आमासँगको भेटमा शर्माले सरकारले चाहे हत्यारा चाडैँ पत्ता लाग्ने बताउनुभएको हो । 

उहाँले घटनाका बारेमा प्रधानमन्त्री र गृहमन्त्रीलाई सबै कुरा थाहा भएको बताउँदै प्रधानमन्त्रीले सिंहदबारमा बसेर आफूलाई म पनि छोरीको बाबु हुँ भन्ने सोचे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताउनुभयो । ‘यो घटनालार्ई कसैले राजनीतिक रङ दिनु हुँदैन’, उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले सिंहदरबारमा बसेर म पनि छोरीको बाबु हुँ भन्ने सोचे मात्रै पनि हत्यारा चाँडै पत्ता लाग्छ ।’ 

उहाँले सरकारले पूँजीवादको कारण घटना भएको बताउनु गैर जिम्मेवार रहेको बताउनुभयो । ‘प्रमाण मेट्नेलाई नै समात्ने हो भने सबै पत्ता लाग्छ’, उहाँले भन्नुभयो ‘तर सरकारले पूँजीवादका कारण घटना भएको हो भन्नु गलत छ ।’ 

कांग्रेसले प्रतिपक्ष मात्र नभई मानवताको नाताले पनि निर्मलाको घटनामा आवाज उठाउँदै आएको उहाँले बताउनुभयो । उहाँले दोषि पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै हत्यारा पत्ता लगाउन सरकार गम्भीर नबने कांग्रेसले देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउने चेतावनीसमेत दिनुभयो ।

‘प्रतिपक्षले असहयोग गरेर हत्यारा पत्ता नलागेको भए सरकाले सहयोग माग्नुपर्यो हामी सहयोग गर्छौँ’, उहाँले भन्नुभयो ‘तर हत्यारा पत्ता लगाउन सरकार गम्भीर नभए नेपाली कांग्रेस देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउन तयार छ ।’
 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया