खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
अष्ट्रेलियाका रिको डेभिड आफ्नो विवाहको उत्सव मनाउनको लागि सिङ्गापुर जाँदै थिए । तर आफ्नै हर्कतका कारण उनी सिङ्गापुर जान नपाएर सिड्नी फिर्ता हुन पुगे ।
गोल्डकोस्टबाट सिङ्गापुरको लागि उडेको ‘स्कूट फ्लाइट टीआर ७’ नामको प्लेनमा उनीसँगै अन्य सयौँ यात्रुहरु थिए । रिको एकाएक उत्तेजित भएर प्लेनमा बसेका यात्रुहरुसँग झगडा गर्न थाले । उनले अन्य यात्रुहरुमाथि मुक्कासमेत प्रहार गरे । जहाजभित्र हुलदंगा मच्चियो । त्यहाँ बसेका अन्य यात्रुहरुले उनलाई नियन्त्रण गर्न खोजेका थिए ।
त्यति गर्दा पनि उनलाई नियन्त्रण गर्न मस्किल हुन थालेपछि बाध्य भएर पाइलटले प्लेनलाई सिड्नीमा इमर्जेन्सी ल्याण्डिङ गर्नुपरेको थियो ।
प्लेनमा बसेको केही समयपछि उनी यात्रुहरुसँग भड्किन थालेका थिए । यसक्रममा उनले लगाएका कपडासमेत च्यातिएका थिए, तर पनि उनी नियन्त्रणमा आउन सकेका थिएनन् ।
स्कूट जहाजकी प्रवक्ताले भनेकी छिन्, ‘एउटा असभ्य यात्रुका कारण फ्लाइट फिर्ता गर्नुपरेको छ,’उनले अगाडि भनिन्, ‘फ्लाइट सुरु हुँदा कुनै समस्या थिएन तर जब फ्लाइट सुरु भयो ती व्यक्तिले छेउछाउमा बसेका अन्य यात्रुहरुलाई डिस्टर्व गर्न थाले र जहाजभित्र हुलदंगा मच्चियो ।’
उनी यतिसम्म आक्राेशित भएका थिए कि, जहाजभित्रका अरु यात्रुहरुले नियन्त्रण गर्न लाग्दा पनि सकेका थिएनन् । छुट्याउन खोज्नेहरुलाई पनि चोटपटक लागेको प्रवक्ताले बताएकी छिन् ।
प्लेनलाई सिड्नीमा अवतरण गराएपछि उनलाई त्यहाँका प्रहरीकाे जिम्मामा लगाइएकाे थियाे । त्यसपछि उनलाई मेडिकल जाँचकाे लागि सिड्नीकाे सेन्ट जर्ज अस्पताल लगिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।