तालिबान आतंककारीले काबुलमा गरेकाे हमलामा ७० जनाको मृत्यु, सयौँ घाइते

 माघ ८, २०७५ मंगलबार १८:३८:३७ | एजेन्सी
unn.prixa.net

तालिबान आतंककारीहरुले अफगानिस्तानको वार्दक प्रान्तको काबुल नजिकै रहेको एक गुप्तचर क्याम्पमा साेमबार हमला गर्दा दर्जनौं मानिसहरु मारिएका छन् । मारिएका हरुको सङ्ख्या ४३ पुगेको र सयौंको सङ्ख्यामा मानिसहरु घाइते भएका राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडीएस) का अधिकारीहरुले बताएका छन् ।

सोमबार कतारमा हुनगइरहेको तालिबान र अमेरिकी कुुटनीतिज्ञबीचको शान्तिवार्ता सुरु हुनुभन्दा करिब एक घण्टा अगाडि तालिबानले एनडीएसमा आक्रमण गरेका थिए ।

यो आक्रमणलाई भयानक आक्रमणमध्येकै मानिएको छ । रिपोर्टका अनुसार काबुलबाट १९ माइल दक्षिण पश्चिममा रहेको मैदान सहर भन्ने ठाउँमा वार्दक प्रान्तका मिलिसिया सैनिकहरुको तालिम केन्द्र रहेको छ ।

तस्बिर बीबीसी

 

समाचारका अनुसार एनडीएसमा हमला गर्नुअघि आतंककारीहरुले कारमा राखिएको विस्फोटक पदार्थ पड्काएर उनीहरुलाई तर्साएका थिए र हतियारधारीहरुले गाेली चलाउन सुरु गरेका थिए । 

उनीहरुको दोस्रो कार बम विस्फोट गर्ने प्रयासलाई भने अफगान सुरक्षा सैनिकले निष्कृय पारेको थियो । त्यहाँभित्र तीनजना आत्मघाती पनि मरेको हुनसक्ने एनडीएसले बताएको छ ।

तालिबानले सोमबार आक्रमण गरेको अफगानको विशेष सुरक्षा निकाएमा हमलाबाट एकसय भन्दा बढी शैनिक मारिएको बताएको थियो ।

तर अधिकारीहरुका अनुसार सुरुमा २० जनाको ज्यान गएको भनिए पनि भर्खरैको रिपोर्ट अनुसार भत्केका भग्नावशेषाबाट ७० भन्दा बढी मानिसहरुलाई बाहिर निकालिएको  बताइएको छ । बम विष्फाेटका कारण घरका छतहरु पनि भत्केकाले त्यसबाट पनि मानिसहरु घाइते भएको हुनसक्ने बताइएको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया