कार्डिफ सिटीका स्ट्राइकर साला चढेको जहाज बेपत्ता

 माघ ८, २०७५ मंगलबार २३:१८:५५ | एजेन्सी
unn.prixa.net

कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला सवार हवाई जहाज सम्पर्कविहीन भएको छ ।

अर्जेन्टिनामा जन्मिएका २८ वर्षीय सालासँगै अर्का पिपियर मालिबु नामक व्यक्ति सवार हवाई जहाज सोमबार राति सम्पर्कविहीन भएको थियो । उनी च्यालन आइल्याण्डतर्फ गएको बताइएको छ ।

कार्डिफ सिटीले शनिबारमात्र यी खेलाडीलाई फ्रेन्च क्लब नान्टेबाट क्लबकै कीर्तिमानी रकममा अनुबन्ध गरेको थियो । उनलाई कति रकममा क्लबमा भित्राएको हो भन्ने खुलासा कार्डिफले नगरेपछि ११ मिलियन पाउण्ड भन्दा बढी रहेको बुझिएको छ । साला बेपत्ता भएको खबरले कार्डिफले ‘स्तब्ध’ भएको प्रतिक्रिया दिएको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पनि हवाई जहाजको कुनै सुराक नभेटेको जनाएको छ । यसैबीच च्यानल आइल्याण्ड एयर सर्चका प्रमुख जोन फिजराल्डले भने हराएको जहाजमा रहेका व्यक्ति जीवित भेटिने सम्भावना न्यून भएको प्रतिक्रिया दिएका छन् ।

‘समुद्रको तापक्रम र अवस्थालाई मध्यनजर गर्ने हो भने जहाजमा सवार व्यक्ति जीवितै भेट्ने सम्भावना न्यून छ’, फिजराल्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया