आज पनि देशका धेरै ठाउँमा पानी पर्ने
चैत १६, २०८० शुक्रबार
बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको गैँडाको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिकाका २ जना घाइते भएका छन् ।
खरखडाइका लागि बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएका बेला शुक्रवार दिउँसो गैँडाले आक्रमण गर्दा गेरुवा गाउँपालिका ५ का १४ वर्षीया सपना सिंह र ३५ वर्षीया जुगमनी थारु घाइते भएको बन्जरिया रेन्जपोष्टका रेन्जर हर्षबहादुर सिहंले जानकारी दिनुभयो ।
उनीहरु खर काट्न बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएका बेला बञ्जारिया रेन्जपोष्टको कालावन क्षेत्र भन्ने ठाउँमा गैँडाले उनीहरुलाई आक्रमण गरेको उहाँले बताउनुभयाे ।
गैँडाकाे आक्रमणबाट घाइते भएका दुवै जनाकाे उपचार भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासीन्दाका लागि बिहीबारबाट निकुञ्ज खुला गरेको छ । हरेक वर्ष खरखडाइका लागि निकुञ्ज खुल्ला गर्दा तीन दिनमा झण्डै ३० हजार मानिस निकुञ्जभित्र प्रवेश गर्ने गर्छन् ।
निकुञ्जभित्र वन्यजन्तुको खतरा हुनसक्ने भएकाले सावधानी अपनाउन निकुञ्ज प्रशासनले सबैमा आग्रह गरेको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।