भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
पाँचथर – नेपालमा पहिलो पटक वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्रको आवश्यक विवरण संकलनको काम पाँचथरबाट सुरु भएको छ ।
पहिलो चरणमा एक लाख १७ हजार जनालाई वितरण गर्न लागिएको परिचयपत्र मंगलबार फिदिम नगरपालिका–४, कि १ सय २ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीबाट आवश्यक विवरण संकलन सुरु गरिएको हो ।
पहिलो चरणमा वितरण गरिने १ लाख १७ हजारमध्ये १ लाख १० हजार पाँचथर जिल्लामा वितरण गरिने छ भने बाँकी ७ हजार सिंहदरबारका कर्मचारीलाई वितरण गरिने राष्ट्रिय परिचय पत्र व्यस्थापन केन्द्रका निर्देशक शिवराम जोशीले बताउनुभयो ।
विवरण संकलनका लागि २० जना कम्प्युटर अपरेटरहरुलाई तथ्याङक संकललन सम्बन्धी तालिम दिइएको छ । यस्तै ५ जना प्रमाणिकरण अधिकृत तयार पारिएको बताइएको छ ।
जोशीका अनुसार पहिलो चरणमा फिदिम नगरपालिकामा विवरण संकलन गरिनेछ । त्यसका लागि तीन वटा संकलक टोली निर्माण गरी काम अघि बढाइएको छ । प्रत्येक टोलीमा ५ जना कम्प्युटर अपरेटर, एक जना प्रमाणिकरण अधिकृत, एक जना सहयोगी र एक जना सुरक्षाकर्मी खटाइएको छ । विवरण संकलनका क्रममा सम्बन्धित व्यक्तिको नाम, बाबु, बाजे, आमाको, श्रीमान वा श्रीमतीको नाम जन्म मिति, पेशा, धर्म, लिङ्ग, नागरिकता नम्बरलगायत विवरण लिइनेछ ।
यस्तै व्यक्तिको १० वटै औँलाको औँठाछाप र तस्बिर लिइनेछ । नागरिकले विभिन्न प्रयोजनका लागि कयौँ प्रकारका सरकारी प्रमाण पत्र लिनुपर्ने झन्झटलाई हटाई एउटै कार्डबाट सबै सेवा प्राप्त गर्न सक्ने, मुलुक भित्र तथा बाहिर प्रत्येक नेपालीले पूर्ण विवरणसहितको पहिचान दिलाउने सक्ने राष्ट्रिय परिचय पत्र वितरण गर्ने सरकारी लक्ष्यअनुसार कार्य अघि बढेको हो ।
मेमोरी चिप्ससहितको मेशिन रिडेबल कार्ड हुने भएकोले पछिबाट यसमा अन्य सम्पूर्ण विवरण अटाउन सकिने बताइएको छ । नेपाल सरकारले वि.स. ०६६÷६७ देखि नै राष्ट्रिय परिचय पत्र वितरणको अवधारणा अघि सारेको थियो । परिचय पत्र वितरण गर्ने निर्णय भने ०७४ भदौ १९ गतेको मन्त्रिपरिषदको बैठकले गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।