भिन्न देखिने अनाैठाे तरिका: ब्राजिलमा बने बाघ र शार्क माछाकाे आकारका विमान

 माघ १३, २०७५ आइतबार २०:२४:६ | एजेन्सी

विमानस्थलमा एकसाथ राखिएका अन्य विमानहरुभन्दा फरक देखिन र टाढैबाट चिनिने बनाउनका लागि ब्राजिलको एउटा कम्पनीले अनौठो उपाय अपनाएको छ ।

ठूला विमानस्थलमा जब विभिन्न विमानहरु रोकेर राखिन्छ, तब तिनीहरु लगभग उस्तै देखिन्छन् र परबाट चिन्न गाह्रो हु्न्छ । यसै समस्यालाई मध्यनजर गर्दै ब्राजिलको एम्ब्रेयर नामको एक विमान उत्पादक कम्पनील यस्तो अनौठो तरीका निकालेको हो ।

पहिचान गर्न सजिलो होस् भन्ने उदेश्ले कम्पनीले हालै बनाएको दुइवटा विमानलाई शार्क र बाघको आकार र रुपमा उत्पादन गरेको छ ।

यस्तै तरीका गएको वर्ष चीनको शिचुआन एअरलाइन्सले पनि अपनाएको थियो । शिचुआनले उत्पादन गरेको एउटा एअरबसलाई चीनको राष्ट्रिय जनावर पाण्डाको रुप दिएको थियो ।

हवाइजहाजको भित्री बनावट र इञ्जिनियरिङमा तलमाथि पार्न नहुने भए पनि विमानको बाहिरी भागलाई विभिन्न रुप र आकार दिने प्रयास भने विश्वमा धेरै अघिदेखि भइरहेको छ ।

सन १९९० को दशकमा पनि वेस्टर्न प्यासिफिक एअरलाइन्सले आफ्नो विमानको बाहिरी भागमा फक्स टेलिभिजनको थिम अनुसारको रंगरोगन गरेको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया