सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
कञ्चनपुर – तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरणविरुद्ध युवा नेताले सुरु गरेको आमहड्ताल दोस्रो दिन पनि जारी छ । सरकारी जग्गामा भएको अतिक्रमण हटाउन माग गर्दै कञ्चनपुरका युवा नेता तथा विद्यार्थी संगठनहरुले अनिश्चितकालीन कञ्चनपुर बन्द गरेका हुन् ।
सरकारी जग्गा अतिक्रमण भई बनेका अवैध संरचना भिमदत्त नगरपालिका र संघीय आयोजना कार्यान्वयन इकाइले भत्काउन सुरु गरेको छ । प्रमुख राजनीतिक दलका भातृ संगठनको दवाबपछि स्थानीय प्रशासन र संघीय ओयोजनाले कडा सुरक्षाकाबीच अवैध संरचना भत्काउन सुरु गरेको हो ।
नगर विकास विगठनपछि संघीय आयोजना कार्यान्वयन इकाइले काम गर्ने जिम्मा पाएकाले सम्बन्धित कार्यालय र भिमदत्त नगरपालिकासँग अवैध संरचना भत्काउन माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अतिक्रमित क्षेत्रमा बनेका सबै संरचना भत्काएर दोषिमाथि कारवाही नभएसम्म आफूहरुको आन्दोलन जारी रहने युवा नेता रामचन्द्र रेग्मीले बताउनुभयो ।
बन्दका कारण व्यापार व्यवसाय, शैक्षिक संस्था, यातायात ठप्प हुनुका साथै भारतबाट आएका यात्रु बसपार्कमा अलपत्र परेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले जिल्ला प्राविधिक कार्यालयको बा २ ब २७८५ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका छन् ।
यसअघि, अवैध रुपमा बनेका संरचना हटाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गएको पुस ९ गते आदेश जारी गरेको थियो । यससँगै, संघीय आयोजना कार्यान्वयन इकाइले अवैधानिक तरिकाले बनेका भवन भत्काउन सूचना जारी गरिसकेको छ ।