दोस्रो टेस्टमा श्रीलंकालाई दियो अष्ट्रेलियाले ५१६ रनको लक्ष्य

 माघ २०, २०७५ आइतबार १४:४४:२२ | एजेन्सी
unn.prixa.net

श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा अष्ट्रेलियाले ५१६ रनको लक्ष्य दिएको छ । 

पहिलो टेस्ट ४० रनले आफ्नो पक्षमा पारेको अष्ट्रेलियाले दोस्रो टेस्टको तेस्रो दिन १९६ रन बनाउँदै पारि समाप्तिको घोषणा गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले ५ विकेट गुमाएर ५३४ रन बनाउँदै पारि समाप्त गरेको थियो । श्रीलंकाले पहिलो पारिमा जम्मा २१५ रन बनाएको थियो । 

पहिलो पारिबाट ३१९ रनको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो पारिमा ३ विकेट गुमाएर १९६ रन बनाउँदै श्रीलंकालाई ५१६ रनको विशाल लक्ष्य दिएको हो । अष्ट्रेलियाका उस्मान ख्वाजा १०१ तथा ट्राभिस हेड ५९ रनमा नट आउट रहे । 

आजै दोस्रो पारि सुरु गरेको श्रीलंकाले तेस्रो दिनको खेल सकिँदा १७ रन बनाएको छ । दिमुथ करुनारत्ने र लहेरु थिरमाने दुवै ८–८ रन बनाएर क्रिजमा रहेका छन् । अब श्रीलंकालाई खेल जित्न ४९९ रन आवश्यक छ भने उसका १० विकेट नै सुरक्षित रहेको छ । 

पहिलो टेस्ट अष्ट्रेलियाले जितिसकेकाले यो टेस्टमा श्रीलंका विजयी भए सिरिज बराबरीमा टुंगिने छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया